एक दिनमा आज सम्माकै सबै भन्दा धेरै आज कोेरानाबाट संक्रमित
चीनको असक्षमताले ‘विश्वव्यापी नरसंहार गरेको’ अमेरिकी राष्ट्रपतिको आरोप
एजेन्सी- गत २४ घण्टाभित्रमा विश्वभरिमा १ लाखभन्दा बढी मानिसहरुमा नया संक्रमण भेटिएको छ । उक्त कुराको जानकारी दिदै विश्व स्वास्थ्य संगठनले एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना भएको जनाएको छ ।
कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका अल्पविकसित देशहरु पर्ने भनेर चिन्ता जताएको छ । विश्व स्वास्थ्य संगठनले यो अझै धेरै लामो समय निरन्तर चल्ने जनाएको छ । ‘अझै हामीले यो महामारीलाई अझै लामो समयसम्म झेल्नुपर्ने छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अहनोम घेब्रियेससले भन्नु भयो, ‘निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको घटनाले हामीलाई निक्कै चिन्तित बनाएको छ ।’
त्यसो त युरोप र अमेरिका लगायतका विकसित देशहरुमा कोरोनाभाइरसको संक्रमणका घटनाहरुमा कमी आइरहेका छन् । त्यसैले ती देशहरुले कोरोनाभाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन् ।
यसबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको विषयलाई लिएर पुनः चीनमाथि आक्रोस पोखेका छन् । उनले कोरोनाभाइसको बारेमा चीनले ठूलो असक्षमता प्रदर्शन गरेको आरोप लगाउँदै विश्वव्यापी रुपमा नरसंहार गरेको आरोप लगाएका छन् । आज बिहानै ट्वीट मार्फत उनले सो आरोप लगाएका हुन् । ट्रम्पले ट्वीट मार्फत निरन्तर चिन विरोधि अभिव्यक्ति दिदै आएका छन् ।
त्यस लगतै अर्को ट्वीट गर्दै भन्ने, चिन आफु नेतृत्वमा नआउदा जसरी अमेरिकालाई चिड्डयाइरहेको थियो सोको निरन्तरता दिन चाहन्छ । चीनले पनि अमेरिकामाथि बेइजिंगको प्रतिष्ठा माथि प्रश्न उठाएको आरोप लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट हट्ने धम्की दिएपछि अमेरिकाले सो संगठनप्रतिको आफ्नो जिम्मेवारीलाई खुम्चाउँदै लगेको आरोप चीनले लगाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE