विवाह पञ्चमीमा भारतीय प्रधानमन्त्री जनकपुर आउने
विराटनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको हैसियतमा पाचौँपटक नेपाल आउन लागेका छन् । आगामी मंसिर २६ गते विवाह पञ्चमीको अवसर पारेर उनी जनकपुर आउन लागेको स्रोतले जनाएको छ ।
उनको यो भ्रमण धार्मिकसँगै विशेष परियोजनाहरुको उद्घाटनमा केन्द्रित हुने जनाइएको छ । भर्खरै पुनस् सञ्चालनमा आएको जनकपुर–जयनगर रेलको उद्घाटनका साथै उनी विराटनगरको एकीकृत भन्सार जाँच विन्दु ९आइसिपी०को उद्घाटनमा समेत सहभागी हुनेछन् । यी दुवै परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने बताइएको छ ।
विराटनगरको बनेको आइसिपीको लागत भारु ३ सय ७३ करोड रहेको छ । यसमा नेपाल सरकारले १ सय २९ बिघा जमिन उपलब्ध गराएको छ भने भारत सरकारले भौतिक संरचनाको निर्माण गरिदिएको हो ।
भारतीय सञ्चारमाध्यमहरुले मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर २८ मा तय भएको जनाएका छन् । मोदी भारतको सत्तामा आएसँगै पहिलोपटक २०७१ वैशाखमा नेपाल भ्रमणमा आएका थिए भने सोही वर्ष सार्कको १८औं शिखर सम्मेलनमा उनी नेपाल आएका थिए । त्यसपछि यही उनी २ पटक नेपाल आइसकेका छन्( वैशाख २८ गते जनकपुर हुँदै तथा बिमस्टेक सम्मेलनमा भाग लिन भदौं १४ गते ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE