Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बुधबार देखि भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

१५ असार, काठमाडौँ – भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गएरातीदेखि देशका विभिन्न ठाउँमा पानी परेसँगै भोलि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

भारी वर्षाको सम्भावना रहेकाले नदीमा बाढी र पहाडमा पहिरोको जोखिम बढेको छ । गएरातीदेखिको वर्षाले गर्दा केही नदीमा बाढी समेत आएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लामा बाढी र पहिरोको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE