Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

मैलुङ खोलाको आइपीओ बाँडफाँट

२६ साउन, काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६८ हजार ४७४ जनाले सेयर पाएका छन् । जसमध्ये ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई ६ लाख ८४ हजार ७४६ कित्ता सेयर बाँडफाँट गरेको हो । यो आइपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएकामा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिएका २० लाख ६५ हजार १२४ लाई मात्र गोलाप्रथामा सहभागी गराइएको हो । मैलुङ खोलाले साउन १४ गतेदेखि १८ गतेसम्म कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २५ अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५५ ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट जत https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा हेर्न भने अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE