Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको जीप खस्यो, १४ जना घाइते

२६ आश्विन,  गोरखा – गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् ।

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको डिएसपी प्रकाश दाहालले बताउनुभयो । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE