संघीयता देशले धान्न सक्दैन खारेज गरौं : कांग्रेस नेता शाह
१७ असोज
काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले संघीयता देशले धान्न नसक्ने खुलासा गरेका छन् ।
आज प्रदेश पाँचको राजधानीको बारेमा सामाजिक संजालमा टिप्पणी गर्दै शाहले संघीयतालाई खारेज गर्न पनि सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ‘लुम्बिनी र भालुभाङ सुरक्षित र उपयुक्त निर्णय हो प्रदेश सरकार को तर्फ बाट, यसबाट लुम्बिनी देखि लमही सम्मको नयाँ सिमेन्टको जङल सहितको शहर निर्माण गर्ने दिशामा जान्छ तर यसबाट पुरै प्रदेशलाई पुग्ने खाद्यान्न उब्जनी हुने खेती योग्य जमिन नष्ट हुन्छ।’
उनले लेखेका छन्,’विकास भनेको सिमेन्टको जङल होइन बुझ्नुस्, समृद्धि हाम्रो मौलिकतामा छ सिमेन्टको जङलमा होइन। देशले सघीयता धान्न सक्दैन। खारेज गर्नु पर्छ।’ शाह पछिल्लो समय देशमा पुर्वीय दर्शनमा आधारित मौलिक अर्थनीति लागु गर्ने अभियान छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE