Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

ललितपुर महानगरद्वारा नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष सम्मानित

ललितपुर महानगरद्वारा नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष सम्मानित

१० असार, काठमाडौं– ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठलाई सम्मान गरेको छ ।

महानगरले क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको र हालसालै प्रतिष्ठत कोबायाशी फाउण्डेसन पुरस्कार पाउनुभएका डा. श्रेष्ठलाई सम्मान गरेको हो ।

सम्मान प्रदान गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा. श्रेष्ठले अतुलनिय योगदान पु¥याउनुभएको बताउनुभएको थियो । मेयर महर्जनले ‘डा. श्रेष्ठले गरेको यही समपर्णले नै कोबायाशी फउण्डेशन पुरस्कार जित्न सफल भएको’ बताउनुभएको थियो ।

महानगरबाट सम्मानित भएका डा. श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालन गरिरहनुभएको ललितपुर महानगरका उपमेयरले बताउनुभयो ।

महानगरद्वारा आयोजित सम्मान कार्यक्रममा ललितपुर महानगरपालिकाका उनन्तिसै वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको प्रारम्भिक निदानका लागि सुध्रिणीकरणका विषयमा पनि छलफल भएको थियो । यस्तै क्यान्सरका रोकथामका कार्यक्रमहरु संचालन गर्ने विषयमा पनि बैठकमा बहस गरिएको थियो ।

डा. श्रेष्ठले कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गर्नुभएक थियो।

उक्त अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनले प्रदान गर्ने गर्दछ ।

WRITE COMMENTS FOR THIS ARTICLE