देउवासँगै चार मन्त्रीले लिए शपथ
२९ असार, काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ ।
नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनुभएका छन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE