Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

दुई झाँक्रीको हत्या गर्ने ११ जनालाई जन्मकैदको घोषणा

बाग्मती –  गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई जेल सजाय सुनाएको छ। जसमध्ये ११ जनालाई जन्मकैद, ११ जनालाई साढे ५ वर्ष, ३ बालकलाई ३ वर्ष ८ महिना र एक जनालाई साढे ३ वर्ष कैद सजाय हुन भएको हो। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै ४ जना महिलालाई भने सफाइ दिएको छ।

३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्म कैद गर्ने फैसला गरिएको हो।

यसैगरी ३८ वर्षीय ज्ञानबहादुरु भनिने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही ५ वर्ष ६ महिना कैद गर्ने फैसला गरिएको छ।

१७ वर्षीय बुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले ५ वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना कैद गर्ने फैसला गरिएको छ। ५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्‍याएकाले ३ वर्ष ६ महिना कैदको सजाय सुनाइएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE