Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा बाटो हिँड्नेले देखेपछि उद्धार, ४३ वर्षीय पुरूष पक्राउ

२२ असोज 
काठमाडौं –  ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट एक ४ पुरूष पक्राउ परेका छन् ।

बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक पक्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरलेका अनुसार विकमाथि थप अनुसन्धान भइरहेको छ ।

बालिकालाई मेडिकल गर्न पठाइएको छ । सामाजिक सन्जालमा उनलाई नियन्त्रणमा लिइएको भिडियो भाइरल भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE