Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

अमेरिकाको गेथसवर्गमा बैंक लुटपाट गर्ने एक नेपाली पक्राउ

२२ असोज
काठमाडौं –
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दैगर्दा नेपाली मुलका एक जना पक्राउ परेका छन् । गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा नेपाली मूलका ३० वर्षीय सम्राट लामा पक्राउ परेका हुन् ।

उनलाई मोन्टगोमरी काउन्टी छैटौँ डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले पक्राउ गरेका हुन् । गत मंगलबार बैंकका कर्मचारीले लुटपाट भइरहेको प्रहरीलाई जानकारी दिएको दुई मिनेटभित्रै प्रहरीहरू बैंकमा पुगेका थिए ।

बैंकभित्र झोलामा पैसा हाल्दै गरेको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको बताइएको छ । हाल उनलाई प्रहरी हिरासतमा राखिएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE