Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

नतिजा रोक्दा लोकसेवाका ३० हजार परीक्षार्थी पीडामा

५ आश्विन काठमाडौँ – सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न पदमा लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका करिब ३० हजार परीक्षार्थी तनावमा परेका छन् । २०७६ चैतयता आयोगले खुलाएका विज्ञापनमा विभिन्न चरणमा परीक्षा दिएका विद्यार्थीको परीक्षाको परिणाम स्थगित गरिएको छ । यसबाट परिणाम पर्खेर बसेका परीक्षार्थी अन्योलमा परेका हुन् ।

गत भदौ १५ गतेसम्म आयोगले खुलाएका सबै चरणका परीक्षा पूरा गरेर अन्तिम नतिजा पर्खेका प्रशासन समूहका शाखा अधिकृत समूहका छ सय ३१ परीक्षार्थीले सोमबारदेखि तीन दिनसम्म काठमाडौंको लोकसेवा आयोगको केन्द्रीय कार्यालयअगाडि र माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । धर्नाबाट पनि परिणाम आएन भने अनशनमा बस्ने सम्भावना रहेको परीक्षार्थी सुदीप सापकोटाले बताउनुभयो ।

आयोगका प्रवक्ता तोयानारायण सुवेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न चरणका परीक्षाका परिणाम स्थगन गर्नुपरेको  बताउनुभयो। उहाँका अनुसार शाखा अधिृकत, नायब सुब्बा, उपसचिव, इञ्जिनियर, विद्यालय निरीक्षकलगायतका विभिन्न पदमा एक हजारभन्दा बढी दरबन्दीमा परीक्षाको नतिजा रोकिएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE