Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

काठमाडौंको सोफा फ्याक्ट्रीमा भीषण आगलागी, करोडौंको क्षति

१३ साउन, काठमाडौँ – काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ । प्रहरीका अनुसार दिउँसो ३ः ४५ मा आगलागी सुरु भएको हो ।

आगलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा तयारी अवस्थामा रहेको एक सय थान सोफासहित करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE