Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

(युवा तथा खेलकुद मन्त्री) राजीव गुरुङको सम्पति कति ?

२७ भदौ, काठमाडौँ – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्तिबारे भन्न नमिल्ने बताउनुभएको छ ।  मन्त्रालयको कार्यभार सम्हालेको दुई महिनापछि जानकारी गराउने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘मेरो सम्पत्तिबारे म सँग के छ के छैन भन्ने कुरामा म आफैँ कन्फ्युज छु । मसँग सम्पत्ति छ, छैन भन्न त मिल्दैन’ हाँले आफूले आफ्नो सम्पत्ति पहिलो श्रीमतीलाई दिएको र बाँकी सम्पत्ति छोराहरुको नाममा नामसारी गरिसकेको पनि बताउनुभयो ।

‘मेरो सपत्ति फस्र्ट वाइफलाई दिइसकेको छु, छोराहरुको नाममा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘अब त्यसलाई मेरो भनौँ भने समस्या आउँछ’ उनले भने, ‘अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला । मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।’ उहाँले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको पनि बताउनुभयो  ।  गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE