तास खेलिरहेको अवस्थामा २२ पक्राउ
तास खेलिरहेको अवस्थामा २२ पक्राउ
१० साउन, काठमाडौं– प्रहरीले तास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका–९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीलाई उक्त डान्सवारमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै, घोराही उपमहानगरपालिका–१४ जागृती टोल बस्ने सुरेन्द बहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्री लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने खबर प्रहरीलाई प्राप्त भएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार ३ सय २५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–१७ हिमाली टोल बस्ने सोही महानगरपालिका–२६ बुढीबजार घर भएका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ३ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE