Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

निषेधाज्ञालाई थप खुकुलो बनाउँदै : सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गरिने

२४ भाद्र

काठमाडौं । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि समय निर्धारण भएको छ ।  बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

 

यस्तै काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि भएको छ ।

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE