लञ्चसहितको छलफलमा जुटे कांग्रेसका तीन प्रभावशाली नेता
लञ्चसहितको छलफलमा जुटे कांग्रेसका तीन प्रभावशाली नेता
१५ असार, काठमाडौं– नेपाली कांग्रेसका तीन प्रभावशाली नेताबीच छलफल भएको छ।
कांग्रेसका तीन प्रभावशाली नेताहरु प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको हो । तीन प्रभावशाली नेताबीच नेता सिंहको निवास चाक्सीबारीमा छलफल भएको हो ।
उनीहरुबीच ‘लञ्चसहितको बैठक भइरहेको’ नेता सिंहका प्रेस संयोजक यूपी लामिछाने बताए ।
आसन्न १६ औं महाधिवेशनका लागि नेतृत्वमा दाबी गर्न नेताहरु अहिले छलफलमा अग्रसर छन् ।
छलफलमा जुटेका तीन नेताहरुले यसअघि निधि निवास र कोइराला निवासमा पनि छलफल गरेका थिए ।
महाधिवेशनमा साझा उम्मेदवार बन्न प्रयास स्वरुप छलफल भइरहेको कांग्रेस नेताहरु बताउँछन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE