Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

काठमाडौं उपत्यकामा ‘स्मार्ट लक डाउन’ गर्ने सीसीएमसीको निर्णय

३ असार, काठमाडौँ – कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको समितिको बैठकले  ‘स्मार्ट लक डाउन’ गर्ने निर्णय गरेकाे हाे ।

हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ। उपत्यकामा निषेधाज्ञा कायमै राखेर केही क्षेत्र खुला गर्ने निर्णय समितिले गरेको हो। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE