Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल र मलेसिया बिच श्रम समझदारी, नि:शुल्क मलेसिया जान पाईने

काठमाडौँ नेपाल र मलेसिया बिच श्रम समझदारी भएको छ । नेपालीहरूको प्रमुख रोजगारीको गन्त्यव मानिएको मलेसियामा कामको लागि नेपाली श्रमिक शुन्य लागत जान पाउने भएका छन्। सोमबार नेपाल र मलेसियाबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएसँगै शुन्य लागतमा नेपाली कामदार मलेसिया जान पाउने बाटो खुलेको हो।  नेपाल र मलेसियाको मन्त्रीस्तरीय बैठकपछि राजधानीको होटल ह्‍यातमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले सोमबार काठमाडौंमा आयोजित समारोहमा हस्ताक्षर गरेका हुन्।

समझदारीसँगै वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली श्रमिकको हकमा आउँदा–जाँदा हुने  हवाई खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ। त्यस्तै मलेसियामा कार्यरत श्रमिक बिरामी र दुर्घटनामा परे रोजगारदाता कम्पनीले अनिवार्य क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने समझदारीमा उल्लेख गरिएको छ।  श्रमिकबाट मलेसियाले लिदै आएको होस्टेल चार्ज रोजगारदाताले बेहोर्ने उल्लेख गरिएको छ भने मलेसिया जाँदा स्वास्थ्य लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ।  मलेसियामा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाको व्यवस्था मलेसियन श्रमिकसरह रहने र मलेसियामा कार्यरत र जाने कामदारलाई २४ घन्टे बीमाको व्यवस्था गरिने बताइएको छ।  नेपाल र मलेसियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको थिएन।

अहिले गरिएको समझदारी  पाँच वर्षपछि नवीकरण गर्ने र करारअवधि दुई वर्षको हुनेछ।  यसअघि मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका कामकारबाही बन्द गर्ने निर्णय गरेका थिए।  उक्त संस्थाहरू खारेज भएपछि रोजगारीमा मलेसिया जाने कामदारको प्रक्रिया नै बन्द भएको थियो। नेपाली कामदार मलेसिया जान बन्द भएपछि दुवै देशका सरकारले कूटनीतिक पहल गरेका थिए। जिटुजी मोडलमा नेपाली कामदार लैजाने प्रस्ताव मलेसिया सरकारले नेपालसमक्ष गरेको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE