Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से २३ अंकले बढ्यो, नयाँ वर्षमा उत्साह थपिने संकेत

३१ चैत्र, काठमाडौं – नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर २७ १४.७९ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो ।

आजको दृष्यले लगानीकर्ताहरु थप उत्साहित भएका छन् । बजारले अझै सकारात्मक हुने संकेत देखिएको छ । नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमानहरु भइरहेका छन् । नयाँ वर्षपछि सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउने भएकाले पनि लगानीकर्ताहरु उत्साहित छन् ।

१३ मध्ये ६ समूहका सूचक वृद्धि भएका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् । कारोबार रकममा २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् । ७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE