अवैध लागूऔषधसहित एक जना पक्राऊ
अवैध लागूऔषधसहित एक जना पक्राऊ
१६ असार, काठमाडौं– अवैध लागूऔषधसहित प्रहरी झापाबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कन्काई नगरपालिका–८ लक्ष्मिपुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ९९ एम्पुल डाईजेपाम, ९९ एम्पुल फेनारगन र ९९ एम्पुल नाम खुल्न नसकेको लागूऔषध सहित दमक नगरपालिका–५ घर भई हाल शिवसतासी नगरपालिका–९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको छ ।
मे. ६ प ७५६९ नम्बरको स्कुटरमा सवार उनलाई ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा पक्राउ गरेको हो ।
घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE