
रोनाल्डोको दुई गोलमा युभेन्टसको शानदार जित

११ फागुन
काठमाडौँ – क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि सीरी ए फुटबलमा युभेन्ट्सले शानदार जित हात पारेको छ । सोमबार राती भएको खेलमा युभेन्टसले क्रोटोनलाई ३(० गोलको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो ।
युभेन्टसको जितमा रोनाल्डोले ३८ र ४५ औँ मिनेटमा गोल गरे । एक गोल भने म्याक्निनले ६६ औँ मिनेटमा गरे । जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको इन्टर मिलान ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसी मिलान ४९ अंकसहित लिगको दोस्रो स्थानमा छ ।
WRITE COMMENTS FOR THIS ARTICLE