Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

रोचक बन्दै काठमाडौ ८ को निर्वाचन : कस्ले मार्ला बाजी

काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको माहोल तात्न थालेको छ । दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन् । उम्मेदवारहरु मतदाता संग भेटघाट र घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् ।

काठमाडौ निर्वाचन ८ का नेकपा एमालेले निर्वाचन प्रचारप्रसार गर्न एटमटोलमा कोड सभा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेकपा एमालेले काठमाडौ क्षेत्र न। ८ मा हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेस संग हो तर गठबंधनको कारण यो क्षेत्रमा काङ्ग्रेस उम्मेद्बार नभएकोले हाम्रो प्रतिस्पर्धी नभएको बताएका छन ।

नेपाली भाषा संरक्षक एबम एतिहासिक संरक्षक गर्न नेकपा एमालेले जित्नु अति आवश्यक रहेकोे स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । काठमाडौं क्षेत्र न। ८ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका उमेदवार बनेका शिव सुन्दर राजवैद्य र ८ (क) का उम्मेदवार राजेश शाक्यले आज काठमाडौ एटम टोलमा निर्वाचन प्रचारप्रसार सभाको आयोजना गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE