विन्डोजको नयाँ संस्करण विन्डोज ११ सार्वजनिक
विन्डोजको नयाँ संस्करण विन्डोज ११ सार्वजनिक
एजेन्सी– माइक्रोसफ्टले नयाँ संस्करणको विन्डोज सार्वजनिक गरेको छ । माइक्रोसफ्टले विन्डोज ११ नामा दिएर नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।
माइक्रोसफ्टले भर्चुअल कार्यक्रम आयोजना गरी नयाँ विन्डोज सार्वजनिक गरेको हो । माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।
सर्वसाधाराण जगतमा सर्वाधिक लोकप्रिय रहेको विन्डोज १० बजारमा सार्वजनिक भएको ६ वर्षपछि विन्डोजको नयाँ संस्करण सार्वजनिक गरेको हो ।
विन्डोज १० अपरेटिङ सिस्टम हाल एक अर्ब ३० करोड डिभाइसमा प्रयोग भइरहेको छ।
नयाँ संस्करणको विन्डोजमा एन्ड्रोइड एप पनि चलाउन सकिने माइक्रोसफ्टले जनाएको छ ।
यो सुविधा थप भएसँगै अब अमेजन एपस्टोरमा रहेका ५ लाख भन्दा धेरै एन्ड्रोइड एपहरु विन्डोज स्टोरमा प्राप्त हुनेछन् । अब विन्डोजमा टिकटकदेखि नेटफ्लिक्स, डिज्नी प्लसलगायतका एप हुनेछन् ।
यद्यपि गुगल प्ले स्टोरमा रहेका सबै ३५ लाख एपहरु विन्डोजमा उपलब्ध हुनेछैनन् ।
यस्तै विन्डोज ११ का प्रयोगकर्ताले एउटै डेस्कटपमा मल्टिपल स्त्रिmन बनाएर प्रयोग गर्न सक्ने भएका छन्। जसकारण म्याक कम्प्युटरमा झैँ वर्क, होम र गेमिङ गरेर विविध डेस्कटप बनाई म्यकको जस्तै मजा लिन सकिन्छ ।
माइक्रोसफ्टका अनुसार विन्डोज ११ को प्रारम्भिक संस्करण डेभलपरहरुका अनुसार आगामी हप्ता जारी गरिनेछ । तर आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेछ भन्ने चाहिँ खुलाइएको छैन ।
विन्डोज ११ ले स्टार्ट बटन स्क्रिनको बीच भागमा ल्याएको छ भने आइकन तथा लेआउटलाई अपडेट गरिएको छ ।
माइक्रोसफ्टले हालका विन्डोज १० प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा निःशुल्क रुपमा विन्डोज ११ अपडेट गर्न सक्ने जनाएको छ। जसका लागि कम्प्युटरमा न्यूनतम ६४ जिबी स्टोरेज तथा ४ जीबीको ¥याम आवश्यक पर्नेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE