उपत्यकाका सीडीओहरुको बैठक बस्दै, के होला निषेधाज्ञाको स्वरुप परिवर्तन ?
६ असार, काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय सोमबार सकिँदैछ । स्थानीय प्रशासनले फेरि निषेधाज्ञा थप्ने तयारी गरेको छ तर खुकुलो बनाइने बताइएको छ ।
निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्दैछ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले आज अपरान्ह ४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्ने जानकारी दिए ।
बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए। हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।
जोरबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता बढाउने तयारी गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE