“ओली हिन्दू अतिवादी हुन्” : प्रचण्ड
७ अश्विन, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाउनुभएको छ । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उहाँले ओली मार्क्सवादी नभएको जिकिर गर्नुभयो ।
ओली प्रवृत्तिबारे आफूले तत्कालीन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भन्नुभयो, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन, यो सामन्ती हिन्दू अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । ‘ कम्युनिस्टले यस्तो काम गर्छ त ?’
ओलीले महान् नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताउनुभयो । ‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझदारी पालना गरेको भए केपी ओली नेपालको इतिहासमा महान् नेता हुने अवसर थियो,’ उहाँले भन्नुभयो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र आफूबीच आधा आधा समय बाँड्ने सहमति भएको पनि प्रचण्डले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE