‘मुन्द्रेको कमेडी क्लब’ काे अध्यक्षबाट दीपाश्री बाहिरिइन् करिश्मा मानन्धरको ‘इन्ट्री’
२१ असोज
काठमाडौँ – कोरोना महामारीका कारण रोकिएको चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुचारू हुने भएको छ ।लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृंखलालाई ‘सिजन २’ भनिएको छ।
नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ।
जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्। नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ।
पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE