Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

विवाद हुदा हुदै एशिया प्यासफिक समिट २०१८ को तयारी अन्तिम

धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको आरोप बाँकि नै

युनिफिकेशन चर्च प्रमुख दक्षिण कोरियाली नागरिक मदर मुनले आयोजना गर्ने भनिएको विवादास्पद कार्यक्रम एशिया प्यासफिक समिट २०१८ हुने प्राय निश्चित भएको छ ।

धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको उक्त कार्यक्रम मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौको ह्यात रिजेन्सी होटलमा हुन लागेको हो ।

कार्यक्रममा भाग लिन आउने विदेशी कुटनितिक पाउनाहरु आज बेलुकादेखी काठमाडौँ आउदै छन् । कुनै धार्मिक कार्यक्रम नभर्इ एशिया प्यासफिक क्षेत्रको गम्भीर चुनौतीहरुमाथि सम्बोध, अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मुल्य(मान्यता जस्ता मुख्य विषयहरुमा केन्द्रीत भर्इ कार्यक्रम गर्न लागेको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले बताउनु भएको छ ।

विदेशी धार्मिक नागरिकको कार्यक्रमलार्इ सरकारले आयोजना गर्न लागेको भनि चौतर्फ विरोध आएसंगै सरकारले पत्रकार सम्मेलन गरी प्यासफिक सम्मेलन कुनै धार्मिक प्रचारको नभएको र सरकारले आयोजना गर्ने नभर्इ सहयोगी मात्र भएको जनाइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पत्रकार सम्मेलन गरेरै सो कार्यक्रमका बारेमा आपत्ति जनाइसकेको छ । बुधबार विश्व हिन्दु महासंघले समिटको सन्दर्भमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्दे विरोध गरेको छ ।

कार्यक्रममा एशिया प्यासफिक क्षेत्र तथा विश्वका अन्य मुलुक गरी ४५ मित्र राष्ट्रबाट छानिएका उच्चस्तरीय व्यक्तिहरुसमेत गरी झण्डै १ हजार ५ सय प्रतिनिधिहरु सहभागि हुने छन् । सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा धेरै संख्यामा विदेशी पाहुनाहरु नेपाल आउने भएपछि सरकारले सुरक्षा संवेदनशिलतालार्इ ध्यानमा राख्दै कार्यक्रम व्यवस्थापन मिलार्इसकेको छ । कार्यक्रममा सहभागि हुनआउने अति विशिष्ट व्यक्तिहरुको सुरक्षाको लागि सुरक्षा निकायलार्इ जिम्मा दिर्इएको छ।

मंसिर १३ गते देखी ४ दिन सम्म उपत्यकाका सवारी साधनमा जोर विजोर प्रणाली समेत लागु गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE