Date
मङ्ल, फाल्गुन १८, २०७७
Tue, March 2, 2021

एसिया कै महँगो अपार्टमेन्ट ७ अर्बमा बिक्री

१० फागुन

 काठमाडौं – घरजग्गाको भाउ संसारका सबैजसो देशमा उच्च छ भन्ने त सबैलाई थाहा छ । तर एउटै अपार्टमेन्टको भाउ ७ अर्ब रुपैयाँ पर्ने कुरा निकै दुर्लभ नै होला ।

हालै हङकङमा एउटा अपार्टमेन्ट झण्डै ७ अर्ब रुपैयाँमा बिक्री भएको छ । हङकङका धनाढ्य भिक्टर लीको कम्पनी सि के एसेट्स होल्डिंग्स लिमिटेडले उक्त अपार्टमेन्ट ५ करोड ९० अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ८५ करोड रुपैयाँमा बिक्री गरेको छ ।

हङकङको २१ बोरेट रोड क्षेत्रमा अवस्थित उक्त अपार्टमेन्ट कसले खरिद गर्यो भन्नेचाहिँ खुलाइएको छैन ।  ३३ सय ७८ वर्गफिटमा निर्मित उक्त अपार्टमेन्टको मूल्य एक लाख ३६ हजार हङकङ डलर परेको छ ।

उक्त अपार्टमेन्टमा पाँचवटा कोठा, स्विमिङ पुल, प्राइभेट छत तथा तीनवटा पार्किंङ स्पेसलगायतको सुविधा छ ।

 

एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE