Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपाल भारत जलस्रोत बैठक नयाँ दिल्लीमा

काठमाडौं – नेपाल र भारतका जलस्रोत अधिकारीबीच भारतको नयाँ दिल्लीमा वार्ता भएको छ। बिहीबारको वार्ताका निर्णयको माइन्यूटिङ भइरहेको दिल्लीमा रहेका एक नेपाली प्रतिनिधिले जानकारी दिए। बैठकमा दुवै देश सम्बद्ध आठवटा प्रमुख एजेन्डामा छलफल भएको छ।

बिहीबार भएको सहसचिव स्तरीय बैठक (संयुक्त स्थायी प्राविधिक कमिटी) को नेतृत्व सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारले गरेका छन्। भारतीय पक्षको नेतृत्व गंगा बाढी नियन्त्रण आयोगका अध्यक्ष अरुणकुमार सिन्हाले गरेका छन्।

बैठकको एजेण्डाको पहिलो नम्बरमा महाकाली सन्धि कार्यान्वयन रहेको छ। यसअन्तर्गत टनकपुर ब्यारेजबाट नेपालले पाउने पानी नियमन गर्ने ९हेड रेगुलेटर० को विस्तृत डिजाइन, ब्यारेदेखि नेपाली भूमिसम्म ल्याउने नहर (लिंक क्यानल) छन्।

यसैगरी महाकाली सन्धिकै अभिन्न अंग मानिंदै आएको महेन्द्रनगर टनकपुर लिंक रोड अर्को एजेन्डा छ। कञ्चनपुरको महेन्द्रनगरदेखि टनकपुर ब्यारेजसम्म जोड्ने सडक साढे १३ किलोमिटर यो सडक भारतले निर्माण गरिदिने महाकाली सन्धिमै उल्लेख छ।

१८ वर्षअघि नै भारतले यो सडक निर्माण गरिदिने वाचा गरेको थियो। ४७ करोड ५० लाख रुपैयाँ लागत रहेको यो सडक निर्माण गर्नेसम्बन्धी सम्झौता भारतले सन् २००३ जनवरी ६ मा गरेको थियो।

जलस्रोत बैठकमा अर्को पेचिलो एजेन्डा छ— भारतले बनाएको शारदा मुख्य नहरबाट नेपाली भूमिमा पर्ने महाकालीपारिका चाँदनी र दोधारामा पानी छाड्ने।

सन् १९९६ को फेब्रअरी १२ तारिखमा भएको महाकाली सन्धि अन्तर्गत दोधारा र चाँदनीका तीन हजार पाँच सय १० हेक्टर भूभागमा वर्षभरि सिंचाई पु¥याउन भारतले १० क्यूबिक मिटर प्रतिसेकेन्ड (क्यूसेक) पानी उपलब्ध गराउने उल्लेख छ।

सन्धि भएको २३ वर्ष पुग्न अब ३३ दिन बाँकी छ। तर भारतले अभैm दोधारा र चाँदनीलाई पानी दिने बन्दोबस्त गरेको छैन। बैठकमा दोस्रो प्राथमिकतामा परेको सप्तकोशी उच्च बाँध र सुनकोसी कमला डाइभर्सन योजना रहेको छ। सुनसरीको बराह क्षेत्रमा दुई सय ८९ मिटर अग्लो उच्च बाँध निर्माण गरी ३३ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ भारतले यसको अध्ययन गरिरहेको छ।

यसले नेपालका साविकका दुई सय ५६ गाविस डुवानमा पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। स्थानीय वासिन्दाले यसको विरोध गर्दै अध्ययन कार्य ठप्प पार्दै आएका छन्।

भारतले अध्ययन पूरा हुन दिनुपर्ने माग राख्ने गरेको छ भने नेपालले पर्याप्त सुरक्षा उपलब्ध गराइने हरेक जलस्रोत बैठकहरुमा आश्वस्त पार्दै आएको छ।

यसैगरी बैठकमा कोसी, गण्डकमा उठेका विभिन्न समस्या तथा तिनका समाधानबारे छलफल भएको थियो। कोसी र गण्डकमा भारतीय संरचनाले नेपाली भूभाग डुबानमा पर्ने गरेको, त्यसबापत नेपालले क्षतिपूर्ति पाउन नसकेको लगायतका मुद्दा छन्।

बैठकका अन्य एजेन्डाहरुमा नेपालमा विद्युत् आपूर्ति, नयाँ प्रसारण लाइन निर्माण, इनर्जी बैकिङ, बाढीको भविष्यवाणी, द्विपक्षीय विभिन्न समितिका गतिविधिको समीक्षा, डुबान तथा भूक्षय नियन्त्रणमा आपसी सहयोग छन्। यसैगरी तराईका लालबकैया, बागमती र कमला नदी नियन्त्रणमा भारतीय प्रयास बैठकको थप एजेन्डा हुन्। आज बेलुकी भएको सहमतिलाई भोलि शुक्रबार हुने सचिवस्तरीय बैठक ९संयुक्त जलस्रोत समिति० ले पारित गर्ने कार्यक्रम छ। यसका लागि सिंचाइ सचिव डा। सञ्जय शर्मा नयाँ दिल्ली पुगिसकेका छन्। अन्नपुर्णपोष्टबाट

 

WRITE COMMENTS FOR THIS ARTICLE