Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा

९ पुष
काठमाडौँ –
नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ।

उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।’

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेका हुन् ।

प्रचण्ड पक्षमा लागेका उनले भने, ‘अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ।’

WRITE COMMENTS FOR THIS ARTICLE