बझाङमा जीप दुर्घटना, २ को मृत्यु
काठमाडौँ – बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर(धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेका छन् ।
चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा १६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको र गम्भिर घाइते ५ जनालाई उपचारको लागी धनगढी पठाइएको छ। दुर्घटना आइतबार साँझ भएको जनाइएको छ
WRITE COMMENTS FOR THIS ARTICLE