दसैंपछि सरकारविरुद्ध आन्दोलन हुन्छ : कांग्रेस
३० असोज
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकमा कोरोना महामारीको अवस्था भयाभह भइरहेको अवस्थामा समेत सरकार रोकथाम तथा नियत्रणका लागि भन्दा पनि भष्ट्राचारमा लिप्त भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।
सहमहामन्त्री डा।प्रकाशसरण महतको संयोजकत्वमा गठन गरेको कोभिड–१९ अनुगमन समितिको प्रतिवेदन बुझ्दै देउवाले सरकार कोभिड-१९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो ।
जनताको जीवन जोगाउनतर्फ ध्यान दिनुस भनेर मैले पनि पटक पटक आग्रह गरेको हो तर, सरकारले मानिसहरु मरे मरुन् भन्ने सोच राखेको छ, देउवाले भन्नुभएको छ ।
कोभिड- १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको उहाँको भनाई छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE