Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मृत्युको मुखबाट ७३ जना यात्रुको जीवन फर्काइदिने शेर्पा

११ आश्विन, काठमाडौँ – एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिनुभयो पाइलट एजी शेर्पाले ।

सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाउनुभएको थियो । जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर पुगेपछि समस्या देखियो ।अवतरण गर्न सकेन ।

जहाजमा वयस्क ६८, बच्चा २, अपांग ३ जना गरि ७३ जना यात्रु रहेका थिए । विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सामान्य नै मानिरहेका थिए । तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवतरण नभई चक्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँचिने रहेछ, मरियो’ भनेर जीवन माया मारेका थिए ।

जहाजका एयर होस्टेसहरु रोइरहेका थिए । तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए ।

तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन । यहीँकारण जहाज गन्तव्य स्थलमा पुगेर फेरि काठमाडौं फर्किएको थियो । काठमाडौं फर्किएको जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो ।

धावनमार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए । पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए।

अन्ततः उहाँको  त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकुशल रुपमा अवतरण भइदियो। यो अवधिभर जहाजमा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिनुभयो ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE