Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

विराज भट्टको डेब्यु निर्देशन ‘साङ्लो’मा पुर्व मिस नेपाल निकिता र विराज

सवाल सम्वाददाता
काठमाडौँ-कुनै बेलाका एक्सन स्टार विराज भट्टको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चन्दक फाइनल भएकी छन् । विराजको पनि मुख्य भूमिका रहने यस चलचित्रमा विराजको जोडीका रुपमा मिस नेपाल २०१७ की विजेता चन्दक मु चन्दक मुख्य भुकिकामा देखिने भएकी छिन् ।

शुक्रबार विराज र निकिताबीच औपचारिक लिखित सम्झौता भएको छ । चलचित्रको क्यारेक्टरले निकितालाई खोजेपछि उनलाई चलचित्रमा अनुबन्धित गरिएको विराजको भनाइ छ । विराजले सञ्चारकर्मीहरुसंग भने, ‘चलचित्र भित्र एकदमै बोल्ड, कन्फिडेन्ट, ड्यासिङ भूमिकाको केटी चाहिएको थियो । त्यसको लागि सोच्दा निकिता पर्फेक्ट लाग्यो । त्यसैले नै उहाँलाई लिएको हुँ ।’

यसअघि निकिताले चलचित्र ‘रानीमहल’मा काम गरेकी थिइन् । तर, उक्त चलचित्र आधा छायांकन नसकिँदै रोकिएको छ । लामो समय छायांकन रोकिएपछि निकिताले उक्त चलचित्र छोडेको समेत बताएकी छिन् ।

चैतको पहिलो साताबाट छायांकनमा जाने यस चलचित्रलाई नायक विराज भट्टले नै निर्माण गर्न लागेका हुन् । विराजकै कथा समावेश यस चलचित्रको हाल प्रि प्रोडक्सनको काम भइरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE