Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।  मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि भएको हो।  अब एक लिटर पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ खुद्रा तोकिएको छ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE