अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण
१६ असोज
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्वीटरमार्फत आफूहरूलाई कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।
यससँगै आफू क्वारेन्टाइनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।
अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE