नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय नयाँ बानेश्वर
१ असोज, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ । अध्यक्ष माधवकुमार नेपालका अनुसार काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुलको दक्षिणतर्फ) कार्यालय रहन्छ। शुक्रबारदेखि उक्त कार्यालय सञ्चालनमा आउनेछ।
अध्यक्ष नेपालका अनुसार शुक्रबार बिहान १० बजेदेखि कार्यालय सञ्चालनमा आउनेछ। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ आलोकनगरमा रहेको कार्यालय आज उद्घाटन गर्ने तयारी छ। अध्यक्ष नेपालले उक्त कार्यालय शुभारम्भ गर्नुहुने छ। नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE