Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो

८ फागुन, एजेन्सी – यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन प्रयास भइरहेको बीबीसीले जनाएको छ । आँधीले सडक तथा रेलमार्ग अस्तव्यस्त भएका छन् । बेलायतमा धेरैजसो रेलमार्ग बन्द भएका छन् । युरोपमा यो हप्ता असर गर्ने यूनाइस दोस्रो पटक नाम राखिएको आँधी हो ।

पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तीमा पाँच जनाको ज्यान गएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको शक्तिशाली आँधी पछि अहिलेको आँधीलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE