तनहुँ पुगेका वरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा
१७ मंसिर
काठमाडौं – तनहुँ प्रहरीले व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न पुग्नुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ ।
बुधबार वरिष्ठ नेता पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पूल उद्घाटन स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । नेता पौडेलसँगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल तथा कार्यबहाक सभपाति आलेलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, प्रहरीले कांग्रेस कार्यकर्तामाथि पनि अन्दाधुन्द लाठी प्रहार गरेको बताइएको छ । यसअघि राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष ईश्वर बस्याल, नेकपा व्यास नगरपालिका वडा नम्बर १ कमिटी अध्यक्ष ज्ञानेन्द्र बसौलासहित ५ कार्यकर्तालाई दमौलीबाट प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE