Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023

बाल गीताञ्जली विद्यालयमा निःशुल्क आँखा शिविर

सवाल सम्वाददता
बाग्मती-बाल गिताञ्जली विद्यालयामा तिलगंगा आँखा प्रतिष्ठान, नेपाल हार्ट, डायबेटिज एन्ड थाइराइड सेन्टर, नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यु र बाल गीताञ्जली स्काउट ट्रुपको संयुक्त आयोजनामा निःशुल्क आँखा, सुगर र मुटु परीक्षण शिविर सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ स्थित बाल गीताञ्जली स्कुलमा भएको शिविरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको आँखा परीक्षण गरेर शिविरको उद्घाटन गरिएको थियो । उक्त शिविरमा ८ सय ८३ जना बिरामीले निःशुल्क आँखा, सुगर र मुटु परीक्षण गराएको शिविरका संयोजक नेसनल ओपन स्काउट क्र्युका रोभर लिडर विदुर गिरीले जानकारी दिनुभयो ।

शिविरमा परीक्षण गराए पश्चात २९ जनाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गराएका छन् । यस विद्यालयमा यसरी विक्रम संवत २०६० साल देखि लगातार रूपमा शिविर सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ । यही क्रममा १६ औँ वर्षको यो शिविर पनि सफलतापूर्वक सम्पन्न गर्न सकेकामा विद्यालयका प्रिन्सिपल महेन्द्रराज घिमिरेले खुसी प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयले यस्ता कार्यलाई अझ प्रोत्साहन दिँदै जाने बताउनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE