प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार
१४ आश्विन, काठमाडौँ – संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गर्नुभएको छ। प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार गरेको बताईएको छ ।
नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ । ‘एकीकृत समाजवादी पार्टी संसदमा समेत गैरकानुनी रुपमा उपस्थित भइरहेको अवस्था छ भने अर्कोतिर सर्वोच्चमा सो पार्टीविरुद्ध मुद्दा छ । यस्तो अवस्थामा एमाले सर्वदलीय बैठकमा उपस्थित हुदैन’,केपी ओली निकट एक स्थायी समिति सदस्यले भन्नुभयो, ‘गैरकानुननी काममा एमाले प्रवेश गर्दैन ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE