Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सिसाका अध्यक्ष बिजय सापकोटाको नेपाल आउदै

अस्ट्रेलियामा बसेर समग्र नेपाल र नेपालीको नाम उच्च राखेका  युवा बिजय सापकोटाको नेपाल भ्रमणतय भएको छ । बिजय सापकोटाको सचिवालयाले एउटा प्रेस बक्तब्य जारी गर्दै सापकोटाको नेपाल भ्रमण सार्बजनिक गरेको हो । सापकोटा काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया (सिसा)का अध्यक्ष तथा न्यु साउथ वेल्स स्टुडेन्ट अफ द इयर–२०१६ का बिजेता समेत हुन ।अस्ट्रेलियामा अध्यन गर्ने सम्पुर्ण अन्तरराष्ट्रिय बिध्यर्थी करिब ७ लाखको हाराहारीमा० छन ।बिध्यार्थीको हक हितको लागी काम गर्दै आइरहनु भएकोवहाले १ड्ड५ बर्ष देखी सिसाको नेतृत्व गर्दै आइरहनु भएको छ।

हालै उहाले अस्ट्रेलियाको चर्चित बिश्वबिद्यालय युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको बोर्ड अफ डाइरेक्टरबाट अबकास पनी पाउनु भएको छ।अस्ट्रेलियाका प्रधानमन्त्रीको शिक्षा सम्बन्धी सल्लाहकार समितीको सदस्यका रुपमा यहाको सरकारलाई शैक्षिक् नीति निर्माणमा परामर्श दिइ रहनु भएको सापकोटा अस्ट्रेलियामा भएका बिद्यार्थी मात्रै होइन सबै नेपालीको हितका लागि उहा आफुले सकेको स्वयमसेबक गतिविधिमा पनि सरिक हुन चाहेको सापकोटाका स्वाकिय सचिब रिस्ता शन्करले बताउनु भयो ।

सापकोटाको आउदो जनवरी १२ देखी फेब्रुअरी ४ सम्म नेपाल भ्रमण हुने भएको छ यो अबसरमा नेपालमा अन्तरराष्ट्रिय शिक्षा सम्बन्धी सरोकार राख्नु हुनेहरु , अष्ट्रेलिया लगायत अन्य देशमा उच्च शिक्षा हासिल गर्न चाहनुहुने बिध्यार्थिहरु र शिक्षा निती सम्बन्धी परामर्श लिन चाहनु हुने सबैसंग ब्यबस्थित अन्तरक्रिया गर्ने हेतुले प्रेस बक्त्ब्य निकालिएको सापकोटाको निजि सचिवालय ले बताएको छ ्रअन्तरराष्ट्रिय स्तरमा युबा नेतृत्वको सम्भाबना र बिकास सम्बन्धी जिज्ञासा राख्न चाहनु हुने र कुनै कार्यक्रम आयोजना गरी श्री सापकोटाको अन्तरास्ट्रिय अनुभव र नेपालमा शिक्षा क्षेत्रमा के कस्ता नितीगत सुधार गर्न सकिन्छ भनेर छलफल गर्न इच्छुक सम्पूर्ण सरोकारवला व्यक्ति र संघ–संस्थाहरु तथा संचारकर्मी साथीहरुले सापकोटाको सचीबालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रेस बक्तब्य

WRITE COMMENTS FOR THIS ARTICLE