Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल ट्रेड युनियन कांग्रेस नेपाल गृह श्रमिक संघको प्रशिक्षण सम्पन्न

सीताराम थापा
बागलुङ्ग-नेपाली कांग्रेस पार्टिको भातृ संगठन, नेपाल ट्रेड युनियन काँग्रेस नेपाल गृह श्रमिक संघ बागलुङको ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस र ट्रेड युनियन अन्तर्गत महिला नेतृत्वमा जागरण अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले नेपालको हरेक आन्दोलनहरुमा महिलाहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।  उहाँले महिलाहरुको क्षमता बिकास र सशक्तिकरण नभई नेपाली समाजको परिवर्तन असंम्भव रहेको बताउनु भयो । उहाँले महिलाको क्षमता किकास र आर्थिक सवलता संग संगै लैजानु परेनेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै पुर्ब सभासद प्रकाश शर्मा पौडेलले नेपाली समाजमा महिलाहरु नेतृत्व बिकासमा आईरहेको र नेपाली कांग्रेसले महिलाको स्थान र पहुच सुनिश्चित गरेकोले महिलाको क्षमता विकास आश्यक भयको बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्मा, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण महिलाहरुको क्षमता विकास र नेतृत्व विकास तथा आगामि रणनितिका बिषयमा केन्द्रित रहेको थियो ।

पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, पुर्व कार्यवहाक सभापति जगदिशचन्द्र उपाध्याय, पार्टी सचिव नवराज पौडेल, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य लक्ष्मी चापागाई, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्मा, नेपाल महिला संघका सचिव उषा पौडेल लगाएतले आ–आफ्नो धारण राख्नु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE