Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

राष्ट्रपति भण्डारी र ओलीबीच २ घण्टा बढी भेटवार्ता

राष्ट्रपति भण्डारी र ओलीबीच २ घण्टा बढी भेटवार्ता

८ साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

उहाँहरुबीच २ घण्टा लामो भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । किनकी राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको मिलेपतोमा अझै केही अंवैधानिक कार्य गर्नसक्ने नेताहरुको आकलन रहदै आएको छ ।

उहाँहरुबीच शुक्रबार बिहान पौने १२ देखि झण्डै २ बजेसम्म भेटवार्ता भएको बताइएको छ । स्रोतका अनुसारराष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली शीतलनिवास पुग्नु भएको स्रोतको भनाइ छ ।

ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटकपटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE