माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल
१५ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेल नेपाल निवास कोटेश्वर पुगेका छन् ।
नेपाल निवासमा अहिले दुई नेताबीच भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ ।
यसअघि हिजो (बिहीबार) नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । भेटमा नेता नेपालसँग अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले पार्टी एकताबारे छलफल गरेको बताइएको छ ।
गत असार २७ गते विवाद समाधान कार्यदलले दशबुँदे सहमति गरे पनि एमालेको विवाद हल हुन सकेको छैन । अध्यक्ष ओलीले कार्यदल नै विघटन गरेका छन् । तर अनौपचारिक वार्तालाई कायम राख्न नेम्वाङ र पौडेल नेता नेपाललाई भेट्न पुगेको बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE