प्रचण्डको पूर्वानुमानः सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिन्छ
प्रचण्डको पूर्वानुमानः सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिन्छ
२२ असार, काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले परमादेश जारी गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने बताएका छन् ।
पार्टीका नेता महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार बिहान जनकपुर पुगनेका प्रचण्डले संचारकर्मीसँग कुरा गर्दै संसद पुनर्स्थापनाको विकल्प नरहेको पनि बताएका छन् ।
अध्यक्ष प्रचण्डले अगामी असार २८ गते आउने सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले संसद पुनर्स्थपाना हुने बलियो सम्भावना देखिएपछि प्रधानमन्त्री ओलीले अदालतलाई दबाब दिन खोजेको आरोप समेत लगाए ।
प्रधानमन्त्री ओली जनताको नजरमा निरंकुश र लोकतन्त्र विरोधी रहेको र देशलाई निरङ्कुशतातर्फ लगेको प्रचण्डको दाबी थियो ।
संविधान त्रुटीपूर्ण समेत रहेको स्वीकार गर्दै प्रचण्डले त्यसको संशोधन र बर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व आफ्नो रहेको बताएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE