पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना संक्रमण
७ बैशाख काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण भएको छ । कुम्भ मेला हरिद्वार जानु भएका पूर्वराजा आइतबार स्वदेश फर्किनु भएको हो । कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजामा पनि संक्रमण देखिएको हो ।
कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन्। ज्ञानेन्द्र हरिद्वारबाट फर्केपछि निर्मल निवासमै क्वारेन्टिन बस्नु भएको थियो । उहाँका आफन्त तथा उहाँको कन्ट्याक ट्रेसिङ भइरहेको स्रोतले जनाएको छ । भारत प्रवेश गनु अघि पूर्वराजा दम्पतीको कोरोना टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
पूर्वराजा दम्पती महा कुम्भ मेला २०२१ विशेष समिति हरिद्वारले आमन्त्रित गरेको थियो । कुम्भ मेलाको शाही स्नानमा अप्रिल १२ मा मुख्य अतिथिको रूपमा उपस्थित ज्ञानेन्द्र शाहले बाबा रामदेवले चलाएको पतंजलि योगपीठको यात्रा सहित अन्य भ्रमण पनि गर्नुभएको थियो ।
उहाँले दक्षिण काली मन्दिरमा निरन्जानी अखाड़ाका आचार्य महामण्डलेश्वर कैलाशानंद गिरि महाराजसँग भेट समेत गर्नुभएको थियो । उहाँले साधुहरूको सभालाई सम्बोधन गर्नुभएको गर्दै हिन्दू धर्मको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE