खर्च कसरी चल्छ ? देउवाको जवाफ : हिजो जसरी चल्याथ्यो, त्यसैगरी
२९ भदौ, काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिनुभएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ ।
तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्न उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा यही प्रश्नमा प्रधानमन्त्री देउवाले सन्चारर्कमीलाइ जवाफ दिदैँ भन्नुभयो, ‘हिजो जसरी चल्याथ्यो, त्यसैगरी चल्छ ।’
अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिनुभएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सरकारले बजेट पारित गर्न नसकेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE