किशोरी जिस्क्याएको निउमा झडप, सात घाइते
११ कात्तिक
दाङ – दाङको राजपुरमा किशोरी जिस्क्याएको निउमा झडप हुँदा सात जना घाइते भएका छन् । दुई पक्षबीच भएको झडपमा सात जना घाइते भएका हुन्। दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको थियो।
विवादले उग्ररुप लिएपछि युवती पक्ष र युवक पक्षबीच झडप भएको हो । धन्यराज यादवले मन्दिरमा किशोरीलाई दुर्व्यवहार गर्ने ओमकार यादवलाई रोक्न खोजेका थिए । ओमकार यादवका दाई हिरालाल यादवको नेतृत्वमा पुगेको समूहले धन्यराज बसेको शिवु यादवको घरमा ढुंगामुडा गरेका थिए।
सो क्रममा किशोरी पक्षका ६३ वर्षीय जगोसर अहिर, २१ वर्षीय किशोरकुमार यादव घाइते भएका छन्। उनीहरुको फ्लोरेन्स अस्पताल लमहीमा भर्ना गरेर उपचार भैरहेको छ ।यस्तै हिरालाल यादव पनि घाइते भएका छन्। उनको लमहीमा प्राथमिक उपचारपछि थप उपचारको लागि कोहलपुर लगिएको छ।
युवक पक्षका अन्य दुई जनाको प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । घटनामा धन्यराज यादवलाई पनि चोट लागेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE